दैलेखका कुमार रेग्मीले ल्याए आधुनिक गित


दैलेखः सानैदेखि गित संगितको क्षेत्रमा निकै रुचि राख्ने नारायण नगरपालिका ६ भूर्तिका कुमार रेग्मीले आधुनिक गित बजारमा ल्याएका छन् ।
मैले मायाँ गर्दा भन्ने आफ्नै लयको गितकारका रुपमा रहेका कुमार रेग्मीको उक्त गित सबै खाले उमेर समूहका लागि उपयुक्त मानिएको बताएका छन् ।
सरकारी जागिरमा रहेका रेग्मीको सानैदेखिको चाहना भएकोले आफुले यस्तो काम सुरु गरेको बताए ।
संगितकार कमल शर्मा रहेको मैले मायाँ गर्दा आधुनिक गितको गायक प्रमोद खरेल रहेका छन् । पूर्ण संयोगको ऐरेन्जमा ल्याइएको आधुनिक गित अवको एक महिनापछि भिडियो सहित दर्शकहरुले हेर्न र सुन्न पाउने कुमार रेग्मीले जानकारी दिएका छन् ।
दैलेखमा रहेका एतिहासिक, धार्मिक र पुरातात्विक सम्पादाहरुको पहिचान र संरक्षणका लागि गित संगितको माध्यामबाट आफुले सक्दो सहयोग गरेर काम अगाडी बढाउने रेग्मीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार